इरानसँग ४-० ले पराजित भयो नेपाल

नेपाल रहेको समूहमा इरानसँगै ताजकस्तान र लेबनान रहेको छ। नेपालले २८ अक्टोबरमा ताजकस्तान र ३१ अक्टोबरमा लेबनानसँग खेल्नेछ।

नेपालभ्युज

इरानसँग ४-० ले पराजित भयो नेपाल

काठमाडौं। नेपालको यू-२३ टिम इरानसँग ४-० गोल अन्तरले पराजित भएको छ। एएफसी यू-२३ एसियन कप छनोटअन्तर्गत आज भएको खेलमा नेपाल बलियो टोली इरानसँग पराजित भएको हो।

खेल ताजकस्तानको रिपब्लिकन सेन्ट्रल रंगशालामा नेपाली समयअनुसार साँझ पौने पाँच बजे शुरु भएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इरानले दोस्रो हाफमा ४ गोल गरेको हो।

एसियन कप छनोटमा नेपाल समूह बी मा रहेको छ। नेपाल रहेको समूहमा इरानसँगै ताजकस्तान र लेबनान रहेको छ। नेपालले २८ अक्टोबरमा ताजकस्तान र ३१ अक्टोबरमा लेबनानसँग खेल्नेछ।

समूहको शीर्ष स्थानमा रहने टोलीले उज्वेकिस्तानमा हुने एएफसी यू-२३ एसियन कप खेल्नेछ। आफ्नो समूहमा उत्कृष्ट रहेका दोस्रो स्थानका चार टोलीले पनि १ देखि १९ जुन २०२२ मा हुने प्रतियोगितामा स्थान बनाउनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved