पछिल्लो २४ घण्टामा ७७६ सङ्क्रमित थपिए, १३ जनाको मृत्यु

नेपालभ्युज

पछिल्लो २४ घण्टामा ७७६ सङ्क्रमित थपिए, १३ जनाको मृत्यु

काठमाडौँ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ७७६ मा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा १० हजार ८६४ जनाको परीक्षण गर्दा ७७६ जनामा सङ्क्रमण पुष्टि भएको हो। सोमबार थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ३६० जना रहेका छन्।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १४ छन्। पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन्।

सङ्क्रमण दर १८ दशमलव ५ प्रतिशत छ। सङ्क्रमित शून्य रहेका जिल्ला मुगु मात्र छ। पछिल्लो २४ घण्टामा ५०१ जना सङ्क्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म सात लाख ८८ हजार आठ सङ्क्रमणमुक्त भएका छन्। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।३ प्रतिशत छ।

सोमबार कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको छ। हालसम्म सङ्क्रमणबाट ११ हजार ३६१ जनाको मृत्यु भएको छ। होम आइसोलेसन नौ हजार ६१७, संस्थागत आइसोलेसनमा ७४३, सघन उपचार कक्षमा २५४ र भेन्टिलेटरमा ७४ जना छन्।  ५७ हजार ६१० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। हालसम्म ८६ लाख २१ हजार ४४९ पहिलो मात्रा र ६६ लाख ४७ हजार ३३२ पूर्ण मात्राको खोप लगाइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved