संसद भवन अगाडीको मूल सडकमा भ्वाङ

नेपालभ्युज

संसद भवन अगाडीको मूल सडकमा भ्वाङ

काठमाडौँ। काठमाडौँको व्यस्त सडक नयाँ बानेश्वरमा सडक भ्वाङ परेको छ। नयाँबानेश्वरबाट तीनकुने जाँदा सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालय बीचको सडकमा सोमबार भ्वाङ परेको हो।

काठमाडौं सडक डिभिजन कार्यालयले एक्स्काभेटर ल्याएर खन्दा करिब पाँच मिटर लम्बाइ, त्यति नै मिटर चौडाइ र करिब पन्ध्र फिट गहिरो सुरुङ जस्तै खाल्डो देखिएको छ। व्यस्त र संवेदनशील सडकको बीचमा खाल्डो भेटिएपछि सडकको गुणस्तरबारे प्रश्न उठेको छ।

खाल्डोसँगै ढलको मंगाल भेटिएको। विगतका वर्षभन्दा अत्यधिक पानी परेकाले ढलमा चाप बढेको र मंगाल भत्किएर पानीले बाहिरको माटो समेत खोलेर बगाएको हुनसक्ने अनुमान छ। त्यो मङ्गाल निकै ठुलो र पुरानो रहेकाले कहिले बनाइएको हो यकिन भईनसकिएको सडक विभागले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved