प्रधानन्यायाधीशबारे बार एशोसिएसनले भोलिमात्रै धारणा सार्वजनिक गर्ने

बार कार्यसमितिको बैठकले आफ्नो सल्लाहकार समितिमा रहेका बारका पूर्वअध्यक्ष, पूर्वउपाध्यक्ष, पूर्वमहासचिव लगायतको रायपछि भोलिमात्रै यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय लिएको हो।

नेपाल भ्यूज

प्रधानन्यायाधीशबारे बार एशोसिएसनले भोलिमात्रै धारणा सार्वजनिक गर्ने

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग भइरहेको सम्बन्धमा नेपाल बार एशोसिएसनले भोलिमात्रै धारणा सार्वजनिक गर्ने भएको छ।

भर्खरै सम्पन्न बार कार्यसमितिको बैठकले आफ्नो सल्लाहकार समितिमा रहेका बारका पूर्वअध्यक्ष, पूर्वउपाध्यक्ष, पूर्वमहासचिव लगायतको रायपछि भोलिमात्रै यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय लिएको हो।

“नेपाल बार एसोसिएसनको सल्लाहकार समितिमा रहेका बारका पूर्वअध्यक्ष, पूर्वउपाध्यक्ष, पूर्वमहासचिव लगायतको सल्लाह लिएर भोलि धारणा सार्वजनिक गर्नेछौं”, बारकी उपाध्यक्ष रक्षा बस्यालले बताइन्।

यसै सम्बन्धमा सर्वोच्च अदालत बार एशोसिएसनको बैठक भने जारी छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved