भारतीय बाटो हुँदै काठमाडौं आएका ११ अफगानी नागरिक पक्राउ

नेपालभ्युज

भारतीय बाटो हुँदै काठमाडौं आएका ११ अफगानी नागरिक पक्राउ

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ११ अफगानी नागरिकलाई पक्राउ गरेको छ। तालिबानले सत्ता कब्जा गरेपछि उपचारको निहुँमा भारतीय बाटो हुँदै नेपाल आएका ११ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता श्याम कुमार महतोले बताए।

गैरकानूनी रुपमा नेपालमा बसिरहेको जानकारी पछि उनीहरूलाई नियन्त्रणमा लिई सामान्य सोधपुछका लागि अहिले महाराजगञ्जमा राखिएको जानकारी उनले दिए।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँका नागरिकहरू मुलुक छाड्ने क्रम बढेको छ। उनीहरू भैरहवा नाका हुँदै काठमाडौं आएको देखिएको प्रवक्ता महतोले बताए। महतोका अनुसार  ८ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएकोमा उनीहरूले नेपाल आइपुगेको पाँच दिन भएको बताएका छन्।

तालिबानले सत्ता हत्याएपछि अफगानी मूलका नागरिकहरू सामुहिक रुपमा नेपाल छिरेको यो पहिलो घटना हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved