लिभरपुलसँग म्यानचेस्टर युनाइटेड ५-० गोल अन्तरले पराजित

नेपालभ्युज

लिभरपुलसँग म्यानचेस्टर युनाइटेड ५-० गोल अन्तरले पराजित

एजेन्सी। इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार व्यहोरेको छ। म्यानचेस्टर प्रतिद्वन्द्वी लिभरपुलसँग घरेलु मैदानमा ५-० गोलले पराजित भएको हो।

खेलमा लिभरपुलका फर्वार्ड खेलाडी मोहम्मद सलाहले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरे। पाँचौ मिनेटमा नै सलाहको पासमा लिभरपुलका नाबी केइटाले लिभरपुललाई अग्रता दिलाएकोमा डिओगो जोटाले एक गोल थपे।

सलाहको उत्कृष्ट प्रदर्शनका कारण लिभरपुलले पहिलो हाफमै म्यानचेस्टर ४ गोलले पछि परेको थियो। सलाहले ३८ औँ र इन्जुरी समयमा दुई गोल गरेकोमा दोस्रो हाफको पहिलो ५ मिनेट अर्थात खेलको ५० औँ मिनेटमा निर्णायक र आफ्नो व्यक्तिगत तेस्रो गोल गरे।

युनाइटेडको डिफेन्स निकै कमजोर भएकाले फराकिलो गोल अन्तरले पराजित भयो। युनाइटेडले गोल गर्ने अवसर पाएपनि पासको सदुपयोग गर्न सकेन।

यस नतिजासँगै लिभरपुलले २१ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा आफूलाई कायम राखेको छ भने युनाइटेड सातौं स्थानमा धकेलिएको छ। शीर्ष स्थान बनाएको चेल्सीले हालसम्म २२ अंक जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved