भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

नेपालभ्युज

भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

काठमाडौं। चिर प्रतिद्वन्द्वि पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ। आईसीसी टी २० विश्वकपको आइतबारको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको हो।

विश्वकपको इतिहासमै पाकिस्तानले भारतलाई हराएको यो पहिलोपटक हो। टी २० र एकदवसीय खेलमा १२ भिडन्तमा भारतले एकतर्फी जित हासिल गरेको इतिहास छ। जसमध्ये विश्वकपमा मात्रै भारतले पाँच खेल जितेको छ।

जितका लागि १ सय ५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले उक्त लक्ष्य कुनै विकेट नगुमाइ १७.५ ओभरमा पूरा गर्‍यो। पाकिस्तानको जितमा कप्तान बाबर आजमले अविजित २ बलमा ६ चौका र २ छक्काको मद्दतले ६८ रन र ओपनर मोहम्मद रिजवान ५५ बलमा ६ चौका र ३ छक्काको मद्दतले ७९ रनको योगदान दिए।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा शुरुआती ब्याटिङमा उत्रिएको भारतको ओपनिङ राम्रो हुन सकेको थिएन। ओपनर रोहित शर्मा शून्य रनमा र केएल राहुल ३ रनमा आउट भएका थिए। दुवै ओपनरलाई पाकिस्तानका चर्चित खेलाडी साहिद अफ्रीदीले आउट गराएका थिए। बलिङतर्फ पाकिस्तानका सहीन अफ्रीदीले सर्वाधिक ३ विकेट लिँदा हसन अलीले २ र शहाब खान र हरिस रउफले १ विकेट लिए।

अब भारत-पाकिस्तानको यो विश्वकपमा हुन सक्ने भेट दुबई पुगेर सफल भएमा फाइनलमा मात्रै हो। हारसँगै इतिहासमा पाकिस्तानसँग क्रिकेट म्याच हार्ने भारतका पहिलो क्याप्टेन विराट कोहली भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved