बिमल घर्तीमगर मच्छिन्द्र क्लबमा अनुबन्ध

नेपालभ्युज

बिमल घर्तीमगर मच्छिन्द्र क्लबमा अनुबन्ध

काठमाडौं। ‘ए’ डिभिजन मच्छिन्द्र क्लबले बिमल घर्तीमगरलाई क्लबमा अनुबन्ध गरेको छ।

आइतबार मच्छिन्द्रले बिमललाई औपचारिक रुपमा अनुबन्ध गरेको हो। क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र बिमलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताको अवधि एक सिजनको रहेको छ। फरवार्ड बिमलले गत सिजन पनि मच्छिन्द्रबाट लिगको अन्तिम खेल खेलेका थिए। त्यस्तै उनले मच्छिन्द्रबाट मोफसलका केही प्रतियोगितामा सहभागीता जनाएका थिए। सम्झौतापछि बिमलले टिमलाई उपाधि जिताउने प्रयास गर्ने प्रतिक्रिया दिए। यो वर्ष शुरुआतै खेल्ने प्रयास गर्ने र टिमलाई उपाधि जित्न सहयोग गर्ने उनले बताए।

त्यस्तै क्लबका उपाध्यक्ष तथा म्यानेजर अनिल श्रेष्ठले बिमलको आगमनले टिम बलियो बनेको प्रतिक्रिया दिए। यस सिजनको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved