विश्वासको मत लिँदै मुख्यमन्त्री आचार्य

नेपालभ्युज

विश्वासको मत लिँदै मुख्यमन्त्री आचार्य

काठमाडौं। प्रदेश नम्बर १ का मख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदैछन्। सोमबार १२:३० मा बस्ने बैठकमा मुख्यमन्त्री प्रदीपकुमार भण्डारीलेले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ।

यसअघि, मुख्यमन्त्री आचार्यले २५ असोजमै प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव गरेका थिए। तर, २४ असोजमै सभामुख भण्डारीले ५ कात्तिकसम्मका लागि बैठक स्थगित गरेपछि रोकिएको थियो।

आचार्यले गत कात्तिक ५ मा गरेको प्रस्तावमाथि कात्तिक ७ गते बस्ने बैठकमा छलफल गरी मतविभाजनको घोषणा गरेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसद्ले फ्लोर क्रस गर्ने सूचना पाएपछि बैठक स्थगित गर्न माग गरेको थियो।

त्यसलगत्तै सत्तारुढ एमालेले पनि बैठक स्थगनको माग गरेपछि १५ कार्त्तिक(आज)सम्म बैठक स्थगित भएको थियो।

९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा आचार्यले विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक रहेकोमा एमालेसँग सभामुखसहित ४१ जना मात्रै छन्।

विश्वासको मत नपाउने अवस्था भएका कारण आचार्यले बैठक अगावै राजीनामा दिने सम्भावना रहेको छ।

आचार्यले विश्वासको मत पाउने सम्भावना नरहेकाले गठबन्धनले एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका लागि अघि सारेको छ। आचार्यले विश्वासको मत नपाए राई मुख्यमन्त्री बन्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved