एजेन्सी । टर्कीका राष्ट्रपति रिसेप तय्यिप एर्दोगानले अमेरिका, जर्मनी र फ्रान्सलगायत १० देशका राजदूतहरूलाई आफ्नो देशमा राख्न अस्वीकार्य गरेका छन्।
यी देशका राजदूतहरले अब टर्की छोड्नुपर्ने भएको छ। एर्दोआनको यस्तो निर्णय त्यो बयानपछि आएको हो, जतिबेला यी राजदूतहरूले टर्कीका एक जना कार्यकर्ता ओस्मान कावलालाई तुरुन्त रिहा गर्न माग गर्दै विज्ञप्ति जारी गरेका थिए।
कावला चार वर्षभन्दा बढी समयदेखि जेलमा छन्। उनीमाथि विरोध प्रदर्शनलाई समर्थन गरेको र ‘कू’को प्रयास गरेको आरोप लगाइएको छ, यद्यपि उनी दोषी साबित भएका छैनन्।
अमेरिका, फ्रान्स, फिनल्याण्ड, क्यानडा, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स, नर्वे र स्वीडेनका राजदूतहरुले संयुक्त वक्तव्यमा उस्मान कावालाको तत्काल रिहाइ माग गरेका छन्। यी सबै १० देश टर्कीका नेटो सहयोगी पनि हुन्।
मानवअधिकारका लागि यूरोपको सर्वोच्च संस्था काउन्सिल अफ यूरोपले पनि टर्कीको युरोपेली मानवअधिकार न्यायालयको त्यो आदेश पालना गर्न अन्तिम चेतावनी दिएको छ। जसले विचाराधीन परीक्षणबाट कावला को रिहाइ आदेश दिएको थियो।
शनिबार एक सार्वजनिक सभालाई सम्बोधन गर्दै एर्दोआनले अन्य देशका राजदूतले टर्कीको विदेश मन्त्रालयलाई आदेश दिने साहस गर्न नसक्ने बताएका थिए। उनले भनेका थिए, “मैले हाम्रा परराष्ट्रमन्त्रीहरूलाई आवश्यक आदेश दिएको छु र के हुन्छ भनिसकेको छु। यी १० राजदूतलाई एकै पटक अस्वीकार्य घोषणा गर्नुपर्छ।”
यस सम्बन्धमा राजदूतहरूले भने कुनै खास प्रतिक्रिया दिएका छैनन्। तर, जर्मनीको विदेश मन्त्रालयले सबै (१० देश) यसबारे ‘गहिरो छलफल’मा रहेको बताएको छ।
तर नर्वेका विदेश मन्त्रालयले रोयटर्ससँग आफ्ना देशका राजदूतले कुनै त्यस्तो काम नगरेकाले देश छोड्न आग्रह नगरेको स्पष्टीकरण दिएको छ।
(बीबीसीको सहयोगमा)
Facebook Comment
Comment