टी ट्वान्टी विश्वकप

अष्ट्रेलिया र इंग्ल्याण्डको विजयी शुरुआत

नेपालभ्युज

अष्ट्रेलिया र इंग्ल्याण्डको विजयी शुरुआत

काठमाडौं । टी २० विश्वपकमा गएराति भएका आआफ्ना खेलमा अष्ट्रेलिया र इंग्ल्याण्डले विजयी शुरुआत गरेका छन्।

शनिबार सुपर १२ को समूह ए को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो। दक्षिण अफ्रिकाले दिएको ११९ रनको सामान्य रक्ष्य अष्ट्रेलियाले दुई बल बाँकी छँदा भेट्टाएको हो।

खेलमा दक्षिण अफ्रिकाले पूरै ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको थियो। उसका लागि अइडेन मार्करामले ४० रनको योगदान दिए। अन्य ब्याटस्म्यानले खासै गतिलो प्रदर्शन गर्न सकेनन्।

अष्ट्रेलियाका स्टिभ स्मिथले ३५ रन बनाए भने मार्कस स्टोनिसले २४ रनको योगदान दिए।

त्यस्तै गएराति नै भएको खेलमा इंग्ल्यान्डले साविक विजेता वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरी दमदार विजयी शुरुआत गरेको छ। टी २० विश्वकपमा इंग्ल्यान्डले वेस्टइन्डिजलाई पहिलोपटक हराएको हो।

वेस्ट इन्डिजले मात्र ५६ रनको विजयी लक्ष्य दिएको थियो। उसले १४ दशमलव २ ओभरमा पूरै विकटे गुमाएर जम्मा ५५ रन मात्र बनाउन सक्यो। उसका लागि विष्फोटक ब्याटसम्यान भनेर चिनिएका क्रिस गेलले सर्वाधिक १३ रन बनाउन सके। अन्य ब्याटस्म्यानको प्रदर्शन बिर्सनलायक बन्यो।

इंग्ल्यान्डले ८ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। इंग्ल्यान्डको जितमा जस बटलर २२ बलमा ३ चौकासहित २४ रनमा अविजित रहे।

ओपनर जेसन रोय ११, जोनी बेयरस्टो ९, मोईन अली ३ र लियाम लिभिङस्टोन १ रनमा आउट भए। कप्तान ओइन मोर्गन ७ बलमा १ चौकासहित ७ रनमा अविजित रहे। वेस्टइन्डिजका स्पिनर अकिल हुसैनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। रवि रामपाउलको नाममा १ विकेट रह्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved