ज्ञानेन्द्रले धम्क्याउन थाले, गणतन्त्रमा पूर्वराजाले उपदेश दिने होइन : रामचन्द्र पौडेल

नेपालभ्युज

कैलाली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वराजा ज्ञानेन्द्र शाहले धम्क्याउन थालेको टिप्पणी गरेका छन्। कैलालीको धनगढीमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा पूर्वराजाले उपदेश दिनु राम्रो नभएको’ बताएका हुन्।

‘आज पूर्वराजा ज्ञानेन्द्रले धम्क्याउन थाले, उपदेश दिन थाले, यो राम्रो होइन, संघीय लोकतान्त्रिक गणतन्त्रमा पूर्वराजाले उपदेश दिने हो ? नेपालका नेताहरूले यो सुनेर बस्ने हो ? पौडेलले भने।

पौडेलले लोकतन्त्र र राष्ट्रलाई संकटबाट बचाउन सबै दल एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved