बाढीले अवरुद्ध विराटनगर विमानस्थल सञ्चालनमा

बाढीले अवरुद्ध विराटनगर विमानस्थल सञ्चालनमा
फाइल तस्वीर

विराटनगर। बेमौसमी वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि अवरुद्ध हवाई सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ।

यही कात्तिक १ र २ गतेको अविरल वर्षापछि आएको बाढीले गत मङ्गलबार विमानस्थल डुबानमा परेपछि यहाँबाट हुने सबै उडान अवरुद्ध भएको थियो। विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकाले विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुने विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सव खरेलले जानकारी दिए।

विराटनगरबाट हुने उडान सेवा अवरुद्ध भएपछि यात्रुको सुविधाका लागि विमान कम्पनीले विकल्पका रुपमा भद्रपुरबाट उडान थपेर भएपनि सेवा दिइरहेका थिए। विराटनगर विमानस्थलबाट दैनिक बुद्ध एयरको नौ, यति एयरको पाँच, सौर्य एयर र श्री एयरलाइन्सले चार÷चार तथा गुण एयरलाइन्सले एकवटा उडान भर्दै आएको छ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved