लिपुलेकमामा जनगणना गर्न भारतलाई सोध्नुपर्छ : परराष्ट्रमन्त्री खड्का

नेपालभ्युज

लिपुलेकमामा जनगणना गर्न भारतलाई सोध्नुपर्छ : परराष्ट्रमन्त्री खड्का
फाइल फोटो

बिराटनगर । परराष्ट्रमन्त्री नारायण खड्काले नेपाली भूमि लिपुलेकमा जनगणना गर्न भारतलाई सोध्नुपर्ने बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा भारतसँग वार्तामार्फत विवाद समाधान गरिने समेत बताए।

अघिल्लो सरकारले नयाँ नक्सामा नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेको थियो । तर अहिले जारी जनगणनामा त्यहाँको तथ्याङ्क समेटिएको छैन । त्यहाँको जनगणनाको बारेमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खड्काले भारतलाई नै सोध्नुपर्ने जवाफ दिएका हुन् । ‘लिपुलेकमा जनगणना गर्ने की नगर्ने’ भन्ने प्रश्नमा मन्त्री खड्काले भने ‘‘ त्यो त उसलाई (भारतलाई) सोध्नुपर्छ ।’’

मन्त्री खड्काले यसअघि सरकारले भारतलाई पठाएका नोटहरू अध्ययन गरेर आफू समस्या समाधानमा लाग्ने पनि बताए । ‘यसअघिको सरकारले भारतलाई पठाएको कूटनीतिक नोट के कस्तो छ। त्यो अध्ययन गरेर समाधानको पहल गर्नेछौँ । वार्ताको वातावरण बनाएर अघि बढ्नेछौँ ’’ मन्त्री खड्काले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved