सरकार पूर्ण कार्यकालसम्म चल्छ – पौडेल

नेपालभ्युज

धनगढी। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने बताएका छन्। धनगढीको गेटा विमानस्थलमा आज शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले पूर्ण कार्यकाल बिताएरै निर्वाचन गर्ने जिकिर गरे।

संविधानमा ‘अर्ली इलेक्सन’को व्यवस्था नभएकाले ‘अर्ली इलेक्सन’ संविधान विपरित हुने उनले बताए। कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा नभएको र संविधान जोगाउन  अदालतको निर्णयले संसद्को आयु लम्बिएको जाकारी दिँदै उनले संविधानको रक्षाका लागि सरकार बाँकी समयसम्म चल्नैपर्छ बताए। नेता पौडेलले एमसीसी पास गर्ने अधिकार संसद्लाई रहेकाले आफू सांसद नभएकाले त्यो विषयमा बोल्न नमिल्ने बताए।

महाधिवेशनका सम्बन्धमा सोधिएको प्रश्नमा कतिपय जिल्लामा धाँधली भएकाले पुनः विचार गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो। नेता पौडेलले बाढी र पहिराका कारण सुदूरपश्चिममा भएको भौतिक एवं मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहतको व्यवस्था तत्काल गरिनुपर्नेमा जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved