भारत हिँडे कांग्रेस महामन्त्री कोइराला

कोइरालासँगै केन्द्रीय सदस्य दीपक गिरी, कांग्रेस संखुवासभाका सभापति दीपक खड्का र स्वकीय सचिव भरत तिवारी पनि टोलीमा छन्।

नेपालभ्युज

भारत हिँडे कांग्रेस महामन्त्री कोइराला
फाइल तस्वीर

काठमाडौं। प्रमुख सत्ताघटक नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला भारततर्फ लागेका छन्। महामन्त्री कोइराला शनिबार बिहान ८ बजे भारत भ्रमणका लागि निस्किएका हुन्।

आज बिहान आठ बजे कोइराला त्रिभुवन विमानस्थलबाट भैरहवाका लागि उडेका छन्। उनीसँगै केन्द्रीय सदस्य दीपक गिरी, कांग्रेस संखुवासभाका सभापति दीपक खड्का र स्वकीय सचिव भरत तिवारी पनि टोलीमा छन्।

बिहान भैरहवा गएको कोइरालाको टोली त्यहाँबाट स्थलमार्ग हुँदै मुम्बई जाने बताइएको छ। टोलीले मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्ने कार्यक्रम छ।

पार्टीको १४ औँ महाधिवेशनको संघारमा सभापतिका दाबेदार कोइरालाको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघि, सहमहामन्त्री प्रकाशशरण महतको टोलीले पनि भारत भ्रमण गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved