आन्तरिक बजार प्रवर्दनकालागि हस्तकला कोसेली मेला हुने

नेपाल भ्यूज

आन्तरिक बजार प्रवर्दनकालागि हस्तकला कोसेली मेला हुने

काठमाडौं। नेपाल हस्तकला महासंघले नेपाली हस्तकलाको आन्तरिक बजार प्रवर्दनकालागि भाटभटेनी हस्तकला कोसेली मेला गर्ने भएको छ। महासंघले पत्रकार सम्मेलन गरी नेपाली हस्तकलाको आन्तरिक बजार प्रवद्र्धनका लागि यही कात्तिक ८ गतेदेखि १६ गतेसम्म भाटभटेनी हस्तकला कोसेली मेला आयोजना गर्न लागेको जानकारी दिएको हो।

सम्मेलनमा मेलाका संयोजक विक्रमसिंह महर्जनले भाटभटेनी मेलामा नेपाली छालाजन्य सामग्री, पश्मिना, ऊन, नेपाली कागजलगायत हस्तकला सामग्रीका २५ स्टल राखिने जानकारी दिए।

“भदौ ८ गतेदेखि सुरु हुने मेलामा ८ गतेदेखि १० गतेसम्म नक्सालमा, ११ गतेदेखि १३ गतेसम्म ठिमीमा र १४ गतेदेखि १६ गतेसम्म कृष्णगल्लीमा रहेको भाटभटेनी सुपरमार्केटमा कोसेली मेला गर्न लागेका छौँ,” उनले भने।

सम्मेलनमा महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्यले नेपाली हस्तकला महँगो नभएकाले सजिलै आन्तरिक बजार प्रवर्द्धन गर्न सकिने बताए। हस्तकला महासङ्घले भाटभटेनी हस्तकला कोसेली मेलाका लागि अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिसकेको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved