यूएनडीपीले पठाएको पैसा निकाल्न गएकासँग ठगी गर्ने पक्राउ

नेपालभ्युज

यूएनडीपीले पठाएको पैसा निकाल्न गएकासँग ठगी गर्ने पक्राउ
सांकेतिक तस्वीर

रौतहट। अवैध रुपमा रकम उठाई ठगी गरेको अभियोगमा बौधीमाई नगरपालिका-१ बस्ने दलित जनजाति उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर २४ वर्षीय बिकेश जयसवाललाई ठगी गरेको नगद ६० हजार ७ सय रुपैयाँसहित सोमबार प्रहरीले पक्राउ गरेको छ।

कोभिड-१९ ले अफ्ठ्यारोमा परेका विभिन्न महिलाका लागि मानवीय सहायतास्वरुप यूएनडीपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहटमार्फत पठाएको रकम निकाल्न आएका मानिससँग बिकेशले नगद ३/३ हजारका दरले पैसा उठाइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले सोही बैंकको गेट अगाडिबाट उनलाई फेला पारेको थियो।

प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्रबाट आपराधिक लाभ ९एक्सटर्सन० लिने मनसायले ठगी गरेको उक्त रुपैयाँसहित जयसवाललाई नियन्त्रणमा लिएको हो। उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved