जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ

नेपालभ्युज

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ

काभ्रे। प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई ८ वर्षपछि पक्राउ गरेर्को छ।

काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ४ घर भएका ४२ वर्षीय रामहरी महतलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत ललितपुरले २०७० भदौ २६ गते महतलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकेको थियो। त्यसयता फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले धुलिखेल नगरपालिका-७ बाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved