१० औँ महाधिवेशनमा एमालेले पाँच लाख कार्यकर्ता उतार्ने

चितवन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला हो। महाधिवेशन चितवनमा आयोजना गर्नुलाई एमालेको रणनीतिको रुपमा लिइएको छ।

नेपालभ्युज

१० औँ महाधिवेशनमा एमालेले पाँच लाख कार्यकर्ता उतार्ने

चितवन। नेकपा एमालेले पार्टीको १० औँ महाधिवेशनमा पाँच लाख कार्यकता सहभागी हुने जनाएको छ। एमालेको स्थायी कमिटीको बैठकले बिहीबार पार्टीको १० औँ महाधिवेशन चितवनमा अयोजना गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि शुक्रबार चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले यस्तो बताएका हुन्।

यस्तै पार्टीले केन्द्रीय महाधिवेशन चितवनमा गर्ने निर्णयको एमाले चितवनले स्वागत गरेको छ। पार्टीको महाधिवेशन १० देखि १२ मंसिरसम्म आयोजना हुँदैछ। यसअघि बुटवलमा आयोजना गर्ने बताइएकोमा महाधिवेशन चितवनमा सारिएको हो।

यससँगै एमाले चितवनले महाधिवेशन आयोजनाको तयारी शुरु भएको जनाएको छ। “भेगीय हिसाबमा चितवन आउन र जान सबैलाई सहज र पायक पर्ने ठाउँ भएकाले महाधिवेशन यहाँ आयोजना गर्ने निर्णय भएको हो,”पत्रकार सम्मलेनलाई सम्बोधन गर्दै पार्टीका बागमती प्रदेश अध्यक्ष पोखरेलले बताए।

उद्घाटनका लागि उपर्युक्त स्थान भने तय भई नसकेको अध्यक्ष पोखरेलले बताए। उद्घाटनका लागि आवश्यक पर्ने स्थानको खोजी भईरहे पनि महानगरभित्रै आयोजना गर्ने तयारी भएको उनले जानकारी दिए।

चितवन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला हो। महाधिवेशन चितवनमा आयोजना गर्नुलाई एमालेको रणनीतिको रुपमा लिइएको छ।

एमालेले महाधिवेशन चितवनमा आयोजना गर्ने निर्णय गरेसँगै नेकपा एमालेले महाधिवेशन अयोजना हुनु रणनीतिक हुनसक्ने आकलन गरिएको छ। यस विषयमा पत्रकारहरूले राखेको जिज्ञासामा अध्यक्ष पोखरेलले भने, “चितवन भौगोलिक हिसाबमा सहज स्थानमा रहेको हुँदा महाधिवेशन यहाँ आयोजना गर्न लागेको बताए।” उनले बाहिर चर्चा भए जस्तो पार्टीको कुनै रणनीति नभएको समेत दाबी गरेका छन्।

ललितपुरको गोदावरीमा १५ असोजमा आयोजना भएको पार्टीको पहिलो विधान महाधिवेशनमा सहभागी ५० प्रतिशत प्रतिनिधिलाई चितवन महाधिवेशनमा सहभागी गराउने पार्टीले लक्ष्य लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved