प्रदेश १

प्रदेशसभा बैठक बस्दै, विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य

यसअघि, मुख्यमन्त्री आचार्यले २५ असोजमै प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव गरेका थिए।

नेपालभ्युज

प्रदेशसभा बैठक बस्दै, विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य

काठमाडौं। प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आज बस्दैछ। मुख्यमन्त्री भीम आचार्यले आजको बैठकमा विश्वासको मत लिने प्रस्ताव लैजाने तयारी गरेका छन्।

संसदमा रहेको दल विभाजन भएको अवस्थामा उत्तः दलबाट निर्वाचित मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि आचार्यले दल विभाजन भएको ४३ औँ दिनमा विश्वासको मत लिने प्रस्ताव संसदमा लैजान लागेका हुन्।

प्रदेश १ को प्रदेशसभाको बैठक आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

यसअघि, मुख्यमन्त्री आचार्यले २५ असोजमै प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव गरेका थिए।

तर, २४ असोजमै सभामुख प्रदीपकुमार भण्डारीले ५ कात्तिकसम्मका लागि बैठक स्थगित गरेपछि रोकिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved