काठमाडौं । भ्रष्टाचारको आरोप लगाउँदै खानेपानी तथा ढल निकास कार्यालय धनुषाका प्रमुख राजेश्वर कुशवाहामाथि भएको दुर्व्यवहारप्रति नेपाल ईन्जिनियर्स एसोसिएसनले घोर भर्त्सना गरेको छ। सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीबार कुशवाहामाथि कालोमोसो दलेर नाङ्गै बजार परिक्रमा गराएका थिए ।
एसोसिएसनको बागमती प्रदेश कार्यकारिणी समितिले बिहीबार विज्ञप्ति जारी गरी घटनाको घोर भर्त्सना एवं निन्दा गरेको छ। उसले दोषिलाई कारबाहीको समेत माग गरेको छ । ढल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै कुशवाहलाई अर्धनग्न बनाएर हिलो दलेर बजार घुमाइएको थियो।

Facebook Comment
Comment