मोदीद्वारा उत्तर प्रदेशमा कुशीनगर विमानस्थल उद्घाटन, लुम्बिनीमा पर्यटन प्रवर्द्वन हुने

नेपालभ्युज

मोदीद्वारा उत्तर प्रदेशमा कुशीनगर विमानस्थल उद्घाटन, लुम्बिनीमा पर्यटन प्रवर्द्वन हुने

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। मोदीले बुधबार बिहान एक कार्यक्रमकाबीच विमानस्थल उद्घाटन गरे।

उद्घाटनलगत्तै त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाको कोलम्बोको लागि गरिएको छ। कुशीनगरमा नवनिर्मित उक्त अन्तर्राष्ट्रिय विमानस्थलले बौद्ध पर्यटकहरूको आवागमनलाई सजिलो बनाउन मद्दत गर्ने बताइएको छ। २ सय ६० करोड रुपैयाँको लागतमा ३ हजार ६०० वर्गमिटरमा फैलिएको टर्मिनल भवनसहित कुशीनगर विमानस्थलको निर्माण भएको हो।

नयाँ टर्मिनलले ३ सय यात्रुहरूलाई सजिलै आउन जान सुविधा प्रदान गर्ने क्षमताको रहेको छ। कुशीनगर एक अन्तर्राष्ट्रिय बौद्ध तीर्थकेन्द्र हो। जहाँ भगवान गौतम बुद्धले महापरिनिर्वाण प्राप्त गरेका थिए। यो स्थल बौद्ध सर्किटको एक केन्द्रबिन्दु पनि हो।

बौद्ध सर्किटमा कुशिनगरको अलावा लुम्बिनी, सारनाथ र गयाको तीर्थस्थलहरू सामेल छन्। यो विमानस्थलले बौद्ध धर्मका अनुयायीहरूलाई विदेशबाट लुम्बिनीमा पुर्याउन समेत भूमिका निर्वाह गर्नेछ जसले लुम्बिनीको पर्यटन विकासमा ठूलो मद्दत गर्नेछ।

साथै यो विमानस्थलको निर्माणसंगै बौद्ध सर्किट लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर, श्रावस्ती, राजगीर, संकिसा तथा वैशालीको यात्रा यो विमानस्थलले अब कम समयमा पुरा गर्न सकिनेछ।

कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलले विश्वका विभिन्न देशहरूबाट आउने तीर्थयात्रीहरूलाई यो क्षेत्रका विभिन्न बौद्ध स्थानसँग जोड्न मद्दत र गर्नेछ। यस एअरपोर्टले एसियाली देशहरू श्रीलंका, जापान, ताइवान, दक्षिण कोरिया, चीन, थाइल्याण्ड, भियतनाम र सिंगापुरबाट आउने पर्यटकलाई लुम्बिनी क्षेत्रमा ल्याउन ठूलो भूमिका निर्बाह गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved