विराटनगर एअरपोर्ट डुबानमा, उडान र अवतरण बन्द (भिडिओ)

नेपालभ्युज

फाइल तस्वीर

विराटनगर : अत्यधिक वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ। विमानस्थल डुबानमा परेपछि उडान र अवतरण बन्द गरिएको छ।

विमानस्थल पूर्ण रुपमा डुब्दा मंगलबार देखि रोकिएको बुद्ध एयर र श्री एयरलाइन्सको विमान रनवेमा सारिएको छ। विमानस्थलको टर्मिनल भवन, ट्याक्सी वे, रन वे, एप्रोन लगायतका भू-भाग डुबानमा परेको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।

बुधवार बिहान सवा ६ बजेदेखि विमानस्थलमा बस्ता पैनीको पानी र अन्य क्षेत्रको वर्षातको पानी विमानस्थलमा पसेको विराटनगर विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिए।

विमानस्थलमा पानी भरिएकाले एयरपोर्ट सञ्चालन हुने टुंगो नभए पनि मौसम सफा हुँदै गए तथा एयरपोर्टको पानी सुक्दै गए बिहीबारदेखि एयरपोर्ट सञ्चालन गर्न सकिने खरेलले जानकारी दिए। डुबानका कारण भएको क्षति अझैसम्म यकिन गर्न नसकिएको उनले बताए।

डुबानका कारण विमानस्थलमा भएको क्षति बारे यकिन गर्न केही दिन लाग्ने विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved