बाढीपहिरोमा मृत्यु हुनेप्रति माओवादीद्वारा शोक व्यक्त, किसानलाई क्षतिपूर्ति दिलाउन माग

नेपालभ्युज

बाढीपहिरोमा मृत्यु हुनेप्रति माओवादीद्वारा शोक व्यक्त, किसानलाई क्षतिपूर्ति दिलाउन माग
फाइल तस्वीर

काठमाडौं । देशभर केही दिनयता परिरहेको अविरल वर्षापछि आएको बाढीपहिरोमा मृत्यु र बेपत्ता हुनेप्रति सत्तारुढ नेकपा (मा‌ओवादी केन्द्र)ले शोक व्यक्त गरेको छ।

पार्टीले आज एक विज्ञप्ति जारी गरी बाढीपहिरोमा बेपत्ता हुनेहरूको यथाशीघ्र खोजीका लागि स्थानीय तह, प्रदेश, सुरक्षा निकायलगायत सबै सरकारी निकाय, स्थानीय स्वयंसेवी, विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई अपिल गरेको छ।

साथै उद्धार गरिएका र बाढीमा फसेकाहरूको उद्धार र राहतको व्यवस्था मिलाउन पनि माओवादीले सरकारसँग माग गरेको छ। बाढीपहिरो र डुबानबाट सबैभन्दा बढी किसानलाई क्षति पुगेकाले कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन पनि माओवादीले जोडदार माग गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved