प्रधानमन्त्रीले विपद् व्यवस्थापन समितिको बैठक बोलाए

नेपालभ्युज

प्रधानमन्त्रीले विपद् व्यवस्थापन समितिको बैठक बोलाए
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विपद् व्यवस्थापन समितको बैठक बोलाएका छन्। आज दिउँसो १ बजेका लागि सिंहदरबारमा बैठक बोलाइएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए।

देशभर कात्तिक लागेदेखि वर्षा तथा बाढी पहिरोले कैयौं मानिसको ज्यान गइसकेको छ। हिजो मात्र देशभर ३१ जनाभन्दा बढी मानिसको बाढी पहिरोमा मृत्यु भएको थियो। त्यस्तै ४३ जनाभन्दा बढी अझै बेपत्ता छन्।

आज दिउँसो बोलाइएको बैठकमा राहत तथा उद्धारका साथै बाढी पहिरोबाट भएका क्षति न्यूनीकरणका विषयमा छलफल हुने बताइएको छ।

यसपटकको मनसुन २५ असोजमा बिदा भए पनि ३० असोज यता हावाहुरी र मेघ गर्जनसहितको वर्षा जारी छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved