कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

प्रदेश मन्त्रिपरिषद् बैठकले असोज शुक्ल पूर्णिमाको अवसरमा ३ कात्तिकमा बिदा दिने निर्णय गरेको थियो।

नेपालभ्युज

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

सुर्खेत। कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

कोजाग्रत पूर्णिमा मङ्गलबार भए पनि पूर्णिमा व्रत एवं कात्तिक स्नान आजदेखि शुरु हुने भएकाले प्रदेश सरकारले आज बिदा दिएको हो।

१७ वैशाख २०७८ मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले असोज शुक्ल पूर्णिमाको अवसरमा ३ कात्तिक ३ मा बिदा दिने निर्णय गरेको थियो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा बिदा लागू हुने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved