च्याम्पियन्स लिग

१० खेलाडीमा सीमित एट्लेटिकोमाथि लिभरपुलको जित

पाहुना टोली एट्लेटिकोका लागि एन्टोइन ग्रिजम्यानले २ गोल गरे। तर, खेलको ५२ औँ मिनेटमा रातो कार्ड खाँदै ग्रिजम्यानले मैदान छाडेपछि लिभरपुलले जित निकाल्यो।

नेपालभ्युज

१० खेलाडीमा सीमित एट्लेटिकोमाथि लिभरपुलको जित

काठमाडौं। यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह बी को खेलमा इंग्लिस क्लब लिभरपुलले जित निकालेको छ। उसले गएराति स्पेनिस क्लब एट्लेटिकोमाथि ३-२ गोल अन्तरको जित निकालेको हो।

१० खेलाडीमा सीमित एट्लेटिकोमाथि जित निकाल्ने क्रममा लिभरपुलका लागि मोहम्मद सहाहले २ गोल गरे। अर्को एक गोल नावी काइताले गरे।

लिभरपुलले घरेलु मैदानमा एट्लेटिकोमाथि जित दर्ता गरेको हो। यता पाहुना टोली एट्लेटिकोका लागि एन्टोइन ग्रिजम्यानले २ गोल गरे। तर, खेलको ५२ औँ मिनेटमा रातो कार्ड खाँदै ग्रिजम्यानले मैदान छाडेपछि लिभरपुलले जित निकाल्यो।

खेलको आठौँ मिनेटमा गोल गदै सलाहले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। १३ औँ मिनेटमा काइताले गोल गर्दै अग्रता दोब्बर बनाए।

तर, खेलको २० औँ र ३४ औँ मिनेटमा गोल गर्दै ग्रिजम्यानले पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। खेलको ७८ औँ मिनेटमा पेनाल्टीमा सलाहले गोल गरेपछि लिभरपुलले जित निकालेको हो।

यो जित लिभरपुलले लगातार तेस्रो जित हो। यससँगै समूह ’बी’ को शीर्ष स्थानको लिभरपुलले ३ खेलबाट ९ अंक जोडेको छ। एट्लेटिको ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved