च्याम्पियन्स लिग

महरेजको दुई गोलमा सिटीको प्रभावशाली जित

पाहुना टोली सिटीले घरेलु टोली ब्रुगमाथि ५-१ गोल अन्तरको सहज जित निकालेको छ। सिटीका लागि महरेजले दुई तथा जोओ क्यान्सेलो, केल वाल्कर र कोल पाल्मेरले एक एक गोल गरे।

नेपालभ्युज

महरेजको दुई गोलमा सिटीको प्रभावशाली जित

काठमाडौं। यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ए को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले प्रभावशाली जित निकालेको छ।

रियाद महरेजले दुई गोल गरेपछि सिटीले बेल्जियन क्लब ब्रुगमाथि ५-१ को जित निकालेको हो।

पाहुना टोली सिटीले घरेलु टोली ब्रुगमाथि ५-१ गोल अन्तरको सहज जित निकालेको छ। सिटीका लागि महरेजले दुई तथा जोओ क्यान्सेलो, केल वाल्कर र कोल पाल्मेरले एक एक गोल गरे।

सिटीका लागि महरेजले खेलको ४३ औँ मिनेटमा पेनाल्टीमार्फत र ८४ औँ मिनेटमा तथा कान्सेलोले ३० औा मिनेटमा, वाल्करले ५३ औँ र पाल्मेरले ६७ औँ मिनेटमा गोल गरे।

घरेलु टोलीका हान्स भानाकेनले एक गोल फर्काए। उनले खेलको ८१ औँ मिनेटमा गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved