बाढी पहिरोले ५१० परिवार प्रभावित : १२० को मृत्यु, ४० बेपत्ता

मनसुन उत्तरार्ध (पोस्ट मनसुन)मा मध्य वर्षाझैँ हरेक दिन झरी परिरहेको छ। अन्नबाली, सडक, पूर्वाधारमा ठूलो क्षति पुगेको छ भने बाढी बस्तीमा पस्दा जनजीवन प्रभावित भएको छ।

नेपालभ्युज

बाढी पहिरोले ५१० परिवार प्रभावित : १२० को मृत्यु, ४० बेपत्ता

काठमाडौं। कात्तिक १ र २ गतेको बाढी र पहिरोले देशभर ५१० परिवार प्रभावित भएका छन्। राष्ट्रिय जोखिम न्यूनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी र पहिरोमा परेर १२० जनाको मृत्यु भएको छ भने ४० बेपत्ता छन्।

बाढी पहिरोमा परेर १०५ जना घाइते भएको प्राधिकरणले जनाएको छ। अहिले नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको छ।

मनसुन उत्तरार्ध (पोस्ट मनसुन)मा मध्य वर्षाझैँ हरेक दिन झरी परिरहेको छ। अन्नबाली, सडक, पूर्वाधारमा ठूलो क्षति पुगेको छ भने बाढी बस्तीमा पस्दा जनजीवन प्रभावित भएको छ।

यसपटकको मनसुन २५ असोजमा बिदा भएपनि ३० असोज यता हावाहुरी र मेघ गर्जनसहितको वर्षा जारी छ। बाढी र पहिरोले करीब १४ करोड २८ लाख रुपैयाँ बढीको क्षति भएको अनुमान प्राधिकरणको छ।

२००९ को अक्टोबर महीनापछिको दोस्रो ठूलो वर्षाका रुपमा लिइएको हालको वर्षामा २४ घण्टाको अवधिमा सबैभन्दा बढी तरहरा, सुनसरी र कन्याममा ४ सय मिलमिटरभन्दा बढी वर्षा भएको छ। डडेलधुरामा दुई दिनमा सबैभन्दा बढी ५०२.२ मिलिमिटर वर्षा भएको जानकारी प्राधिकरणले दिएको छ।

बुधबारसम्म यसको प्रभाव पर्ने र बिहीबारदेखि हल्का सुधार हुने जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौषमविद् प्रतिमा मानन्धरले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved