कर्णाली नदी बस्तीमा पस्यो, माइकिङ गरी ठाउँ खाली गराइँदै

नेपालभ्युज

कर्णाली नदी बस्तीमा पस्यो, माइकिङ गरी ठाउँ खाली गराइँदै
फाइल फोटो

काठमाडौं । कर्णाली नदीमा आएको बाढीले कैलालीको जानकी गाउँपालिका डुबानमा परेको छ। गाउँपालिकाको वडा नम्बर ९ र वडा नम्बर ६ का करिब ५० घर डुबानमा परेका छन्।

वडा नम्बर-९ पूर्वी खैरीफाँटास्थित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेको नहरमाथिको स्लाप बाढीले भत्काएको छ।

सल्याप भत्काएर बाढी बस्तीमा पसेको जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले नेपालभ्यूजलाई बताइन्। भनिन्, “अहिले साँझ पर्न थाल्यो, बाढीले निकै क्षति पुर्‍याएको छ। हामी पनि त्यहाँ पुग्न सकेका छैनौं।” उनका अनुसार त्यस क्षेत्रमा स्थानीय प्रशासनले माइकिङ गरेर डुबानमा परेका गाउँ खाली गराइरहेको छ।

आज दिउँसो साढे १२ बजेतिर टीकापुर नगरपालिका-५ शाहीपुरस्थित निर्माणाधीन तटबन्ध भत्काएर बाढी गाउँ पसेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved