नकुन्नी र निर्मला मृत्यु प्रकरण : तोडियो आन्दोलन, सरकारले बनायो छानबिन समिति

नेपालभ्युज

नकुन्नी र निर्मला मृत्यु प्रकरण : तोडियो आन्दोलन, सरकारले बनायो छानबिन समिति
फाइल तस्वीर

काठमाडौं । बाँकेका दुई महिलाको शंकास्पद मृत्युबारे छानबिनको माग लिएर आन्दोलन गर्दै आएका पीडित परिवार र सरकारबीच सहमति भएको छ।

गृहमन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। आन्दोलनरत पक्षका एक जना प्रतिनिधि पनि राखिएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

आन्दोलनरत पक्षबाट मोहम्मद शेर बागवान प्रतिनिधि छन् भने छानबिन समितिमा राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरीका गरी दुई जना एसपी, गृह मन्त्रालयका उपसचिव एक जना, जिल्ला प्रशासन बाँके एक जना प्रतिनिधि रहेका उनले जानकारी दिए।

आन्दोलनरत पक्षले अनशन तोडेका छन्।

आजै बिहान गृह मन्त्रालयले आन्दोलनरत पक्षको मागअनुसार नै बाँकेका दुई महिलाको शंकास्पद मृत्युबारे उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको जनाएको थियो।

बाँकेकी नकुन्नी धोबीको हत्या र बेपत्ता पारिएकी निर्मला कुर्मीको अवस्थाबारे अनुसन्धान गरी दोषीलाई कारबाही मागसहित २० दिन हिँडेर उनीहरू काठमाडौं आएका थिए। यस क्रममा काठमाडौंको माइतीघरमा १४ जनालाई गएको शुक्रबार प्रहरीले पक्राउ गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved