अफगानिस्तानबारे रुसमा आयोजित वार्तामा अमेरिका सहभागी नहुने

नेपालभ्युज

अफगानिस्तानबारे रुसमा आयोजित वार्तामा अमेरिका सहभागी नहुने

अफगानिस्तानबारेमा यसै हप्ता आयोजित वार्ताका आफू सहभागी नहुने संयुक्त राज्य अमेरिकाले जनाएको छ।

यसै हप्ता अफगानिस्तानका विषयमा रुसले वार्ताको आयोजना गरेको छ। तर सो वार्तामा अमेरिका सहभागी नहुने अफगान विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भनेका छन्, “केही प्राविधिक कारणले गर्दा रुसले आयोजना गरेको त्यस वार्तामा हामी सहभागी हुन सक्दैनौँ।”

तर ती के प्राविधि कारण हुन् भन्नेबारे भने उनले केही बताएका छैनन्। उता रुसका विदेशमन्त्रीले भने यसै हप्ता रुसले अफगानिस्तानका विषयमा वार्ताको आयोजना गरेको र त्यसमा अमेरिकालाई पनि आमन्त्रण गरिएको बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved