बर्खास्त भए राखेप सदस्यसचिव सिलवाल

सरकारले सदस्य सचिव सिलवालसँग यसअघि दुई पटक स्पष्टीकरण सोधेको थियो। सोही स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनी बर्खास्त भएका हुन्।

नेपालभ्युज

बर्खास्त भए राखेप सदस्यसचिव सिलवाल
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल बर्खास्त भएका छन्। सरकारले सिलवाललाई राखेपको सदस्य सचिवबाट बर्खास्त गरेको हो।

मन्त्रिपरिषद् बैठकको निर्णयबाट सिलवाल बर्खास्त भएका हुन्। सरकारले सदस्य सचिव सिलवालसँग यसअघि दुई पटक स्पष्टीकरण सोधेको थियो। सोही स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनी बर्खास्त भएका हुन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको पालामा सिलवाल दोस्रो पटक सदस्य सचिव नियुक्त भएका थिए।

तर, कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएलगत्तै ओली सरकारका नियुक्तिहरु खारेज गर्दै आएका छन्। सोही क्रममा सिलवाल बर्खास्त भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved