काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजार ६९ दशमलव ५१ अंकले घटेको छ। २ हजार ६५६ दशमलव शून्य ४ विन्दुबाट शुरु भएको बजार सोमबार २ दशमलव ६२ प्रतिशतले घटेर २५ सय ८७ दशमलव ४५ बिन्दुमा झरेर बन्द भएको छ।
आज वित्तबाहेक १३ मध्ये ११ समूहको शेयर घटेको छ। आइतबार म्युचुअल फण्डबाहेक सबै समूहको शेयर घटेको थियो।
यस दिन कारोबारमा आएका धितोपत्रमध्ये एनआईसी एशिया बैंकको ऋणपत्रको मूल्य सर्वाधिक २ प्रतिशतले बढेको छ। यस्तै घलेम्दी हाइड्रोको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
सोमबार कारोबार भने आइतबारको तुलनामा बढेको छ। आइतबार एक अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको बजारमा सोमबार २ अर्ब ९६ करोड रुपैयाँ बराबरको ८७ लाख ७६ हजार कित्ता शेयर कारोबार भएको छ।
पाँच दिनको दशैं बिदापछि खुलेको बजार आइतबार १७ दशमलव ५९ अंकले बढेको थियो। पछिल्लो समयमा गिरावटको दरमा तीव्रता आएको देखिन्छ।
Facebook Comment
Comment