कार्तिक २ गते सार्वजनिक बिदा

यी हुन् मन्त्रिपरिषद् बैठकका बाँकी निर्णय

मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिस अनुसार राजपत्रांकित प्रथम श्रेणीका विभिन्न पदहरुमा नियुक्ती गर्ने निर्णय पनि गरेको छ।

नेपालभ्युज

काठमाडौं। सरकारले भोलि २ कार्तिकका दिन सार्वजनिक बिदा दिएको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्तीका अवसरमा भोलि मुस्लीम समूदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यस्तै, बैठकले अवुधाबी डायलगको छैटौँ मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए।

बैठकले विभिन्न मन्त्रालयहरुमा अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता कार्कीले बताए।

बैठकले आर्थिक कार्यविधि एवं वित्तीय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिस अनुसार राजपत्रांकित प्रथम श्रेणीका विभिन्न पदहरुमा नियुक्ती गर्ने निर्णय पनि गरेको छ।

यस्तै, सरकारले माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली फुटबल टीमका खेलाडीलाई जनही पाँच लाख रुपैया प्रोत्साहन स्वरुप दिने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।

सरकारले प्रशिक्षकहरुलाई पनि जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको कार्कीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved