महोत्तरी। महोत्तरी गाउँपालिका ३ मडई गाउँमा एक पुरुषले बोक्सीको आरोपमा भाउजुको हत्या गरेका छन्।
डेढ महीनाअघि भाउजुले आफ्नी पत्नीलाई टुनामुना गरी केरा खुवाएर गर्भ तुहाएको आरोपमा स्थानीय ४२ वर्षीय सञ्जयकुमार झाले भाउजु शिलादेवीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेशकुमार आचार्यले बताए।
‘‘जनकपुर आएका एक भारतीय झाँक्रीले टुनामुना गरी शिलादेवीले आफ्नै पति र छोरालाई मारेको तथा रिंकु र उनको पेटमा रहेको बच्चा मार्न खोजेको बताएपछि सञ्जयले भाउजुको हत्या गरेको देखियो,’’ आचार्यले बताए।
गएको बुधबार ४२ वर्षीय शिलादेवी सुतिरहेको अवस्थामा हथौडा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। सञ्जयले आफूले हथौडा प्रहार गरी हत्या गरेको बयान दिएको एसपी आचार्यले जानकारी दिए।
Facebook Comment
Comment