कारागारमै भएका तीन मृत्यु प्रकरण : सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

नेपालभ्युज

कारागारमै भएका तीन मृत्यु प्रकरण : सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

काठमाडौं। गृह मन्त्रालयले हिरासत र कारागारमा भएका तीन मृत्यु प्रकरण बारे छानबिन गर्न समिति बनाएको छ।

अघिल्लो महीना लगातार तीन दिन २४, २५ र २६ भदौमा फरक फरक ठाउँमा हिरासतमा रहेका दुईसहित तीनको मृत्यु भएको थियो।

२४ असोजमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका निवासी मोहम्मद हकिम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा मृत्यु भएको थियो। रानी शर्मासँग लामो समयसम्म प्रेम सम्बन्धमा रहेका साहलाई शर्माका बुबा विष्णु शर्मा खत्वेको मिलेमतोमा हत्या भएको आशंका स्थानीयको छ। पछिल्लो समय रानीले सामाजिक सञ्जालमा लेखेका धारणाले पनि त्यो देखाउने भन्दै उनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग संघ संस्थाका प्रतिनिधिहरूले गरेका छन्।

२५ भदौमा इलाका प्रहरी कार्यालय टीकापुरमा प्रहरी हिरासतमै जानकी गाउँपालिकाका ३५ वर्षीय धनबहादुर राणाको मृत्यु भएको थियो । उनलाई राँगा चोरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकोमा थुनुवाको शौचालयमा गएर रानाले आत्महत्या गरेको प्रहरीले बताएको थियो। घटना शंकास्पद देखिएपछि स्थानीयले छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेका थिए।

यसैगरी, २६ भदौमा पर्वतमा एक अर्का युवकको पनि हिरासतमै मृत्यु भएको थियो। प्रहरीले उक्त मृत्युलाई पनि आत्महत्या नाम दिएपनि हत्याको आशंका स्थानीयले गरेका थिए। जसको स्पष्ट छानबिन गरी दोषीलाई कारबाहीको मागसहित स्थानीयले प्रदर्शन गरिरहेका छन्।

उक्त तीन घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन चर्काे दबाबपछि मन्त्रालयले छानबिन समिति बनाएको हो। मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा हिरासतमा भएका मृत्युबारे छानबिन गर्न उक्त समिति बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved