मुगु बस दुर्घटनाका मृतक परिवारलाई १ लाख २५ हजार राहत दिइने

नेपालभ्युज

मुगु बस दुर्घटनाका मृतक परिवारलाई १ लाख २५ हजार राहत दिइने

काठमाडौं। सरकारले मुगु बस दुर्घटनाका मृतक परिवारलाई १ लाख २५ हजार राहत दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकाल्दै सरकारले मृतक परिवारलाई किरिया खर्चस्वरुप २५ हजार र आर्थिक सहायतास्वरुप १ लाख गरी १ लाख २५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको जनाएको छ। यसैगरी घाइतेको उपचारका लागि खर्च भुक्तानीको प्रक्रिया शुरु गरिएको गृहले जनाएको छ।

गत २६ असोजमा नेपालगञ्जबाट मुगु जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिकास्थित तपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved