दुर्घटनामा चालकको मृत्यु

दुर्घटनामा चालकको मृत्यु
सांकेतिक तस्वीर

संखुवासभा। धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका–१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहालको निधन भएको हो।

टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्याक्टर तीनजुरेमा दुर्घटना हुँदा दाहालको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार दुर्घटना आइतबार विहान करिब ५ बजे भएको हो।

सडकबाट करिब तीन सय मिटर तल खसेको ट्याक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved