काठमाडौं। पाँच दिनको दशैं बिदापछि खुलेको शेयर बजार पहिलो दिन बढेको छ। आइतबार नेप्से परिसूचक असोज २५ गतेको तुलनामा १७ दशमलव ५९ अंकले बढेको छ।
प्रिओपनिङ सेसनमा नेप्से परिसूचक ५ दशमलव शून्य ४ अंकले बढेर २ हजार ६४४ दशमलव ४१ विन्दूमा पुगेकोमा २ हजार ६५६ दशमलव ९६ विन्दुमा पुगेर बन्द भएको छ। आज म्युचुअल फण्डको परिसूचक सामान्य शून्य दशमलव ११ अंकले घटेको देखिएकोमा बाँकी १२ मध्ये ११ समूहको परिसूचकमा हरियो लागेको छ।
सबैभन्दा बढी होटल र पर्यटनको शेयर तीन दशमलव ५१ प्रतिशतले बढेकोमा त्यसपछि व्यापारको १ दशमलव ३९ र विकास बैंकको १ दशलव ३७ प्रतिशतले परिसूचक बढेको छ।
आज शेयर कारोबार भने ह्वात्तै घटेर १ अर्ब रुपैयाँमा खुम्चिएको छ। कुल २१८ कम्पनीको शेयर कारोबार भएकोमा कुल १ अर्ब ४९ करोड रुपैयाँ बरारबरको ४७ लाख ६० हजार कित्ता मात्र शेयर कारोबार भएको देखिन्छ।
आज सबैभन्दा चन्द्रागिरी हिल्सको शेयर सर्वाधिक ६ दशमलव ९७ प्रतिशतले बढेको छ।
Facebook Comment
Comment