बढ्दो ऊर्जा संकटपछि अमेरिकासँग बार्ता गर्दै चीन

नेपालभ्युज

बढ्दो ऊर्जा संकटपछि अमेरिकासँग बार्ता गर्दै चीन

एजेन्सी। ऊर्जा संकट देखिन थालेपछि ऊर्जासम्बन्धि काम गर्ने चिनियाँ कम्पनीहरूले अमेरिकी निर्यातकर्तासँग गहन छलफल थालेका छन्। देशभित्रको संकट सम्बोधन गर्न चिनियाँ कम्पनीहरूले प्राकृतिक ग्यास (एलपीजी) आयातका लागि अमेरिकी कम्पनीसँग छलफलमा बसेका छन्।

चीनमा ऊर्जासहित खाना पकाउने ग्यासको मूल्यमा अत्यधिक वृद्धि भएको जनाइएको छ।

ऊर्जासम्बन्धि काम गर्ने चीनका कम्तिमा पाँच कम्पनीले अमेरिकी निर्यातकर्तासँग छलफल बढाएका हुन्। सिनोपेक क्रप, चिनियाँ राष्ट्रिय अफसोर तेल कम्पनी (सीएनओओसी) लगायतका कम्पनी अमेरिकी निर्यातकर्तासँग छलफलमा जुटेका छन्।

छलफलले मूर्तरुप लिएमा चीनले अगामी दिनमा अमेरिकाबाट अर्बौं डलर बराबर एलएनजी लगायतका सामाग्रीको निर्यात गर्नेछ। सन् २०१९ को अमेरिका-चीनबीचको व्यापार युद्धका कारण अमेरिकाबाट चीनले खरिद गर्ने ग्यास लगायतका समाग्रीमा निकै गिरावट आएको थियो।

अमेरिकी निर्यातकर्ता र चिनियाँ ऊर्जा कम्पनीबीच यो वर्षको शुरुआतबाट नै छलफल शुरु भएको बताइन्छ। यद्यपि, पछिल्लो सयम यो वार्ताले गहन रुप लिन थालेको बताइएको छ। यो वर्ष मात्रै एसियामाा प्राकृतिक ग्यास लगायत इन्धनको मूल्यमा निक्कै वृद्धि भएको छ। यस्तै अवस्था रहेको खण्डमा जाडो याममा यहाँ ऊर्जा संकट आउन सक्ने बताइन्छ।

‘कम्पनीले इन्धनमा भएको मूल्य वृद्धिका कारण वितरण प्रणालीमा धेरै नै अप्ठेरो व्यहोरेको छ। त्यसैले अमेरिकासँगको ऊर्जा वार्ता अगष्टदेखि गहन रुपमा बढ्दै गएको हो,’ बेइजिङको ऊर्जा क्षेत्रमा काम गर्ने एक उच्च अधिकारीले बताएका छन्।

यस्तै बेइजिङस्थित अर्का व्यापारी भन्छन्, ‘बजारमा देखिएको ऊर्जा संकटको हालको अवस्थाले पहिले नै लामो समयको सम्झौता नगरेको पछुतो भएको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved