एजेन्सी। भारतीय क्रिकेटका पूर्व कप्तान राहुल द्रविडलाई भारतीय राष्ट्रिय टिमको नयाँ प्रशिक्षकका रुपमा चयन गरिएको छ। युएईमा हुने टि–२० विश्वकपपछि द्रविडले राष्ट्रिय टिमको प्रशिक्षकको भूमिका समाल्ने छन्।
भारत र न्यूजरल्याण्डबीच हुने आगामी सिरिजबाट द्रविडले प्रशिक्षकको भूमिका सम्हाल्ने छन् भने उनी सन् २०२३ को विश्वकपसम्म उक्त पदमा रहने छन्।
विगत ६ वर्षदेखि भारतको यु–१९ ‘ए’ टिमको प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका द्रविडलाई राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा चयन गरिएको हो। शुरुआतमा उनले यो पदलाई अस्वीकार गरे पनि अन्तमा उनले मुख्य प्रशिक्षकको भूमिका स्वीकार गरेका थिए।
हाल भारतीय टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा भारतका अर्का पूर्व ब्यास्ट्स म्यान रवि शास्त्री छन्। शास्त्रीको कार्यकाल टि–२० विश्वकपसँगै सक्किने हुँदा द्रविडलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो।
द्रविडका अलावा अन्य व्यक्तिलाई पनि यस पदका लागि चयन गर्ने प्रक्रिया थालिए पनि विराट कोहलीलाई कारण देखाउँदै ती व्यक्तिहरुले प्रशिक्षकको भूमिका अस्वीकार गरेको बताइएको छ।
भारतीय क्रिकेट बोर्डले पूर्व खेलाडीलाई नै यस पदका लागि चयन गर्ने मनसाय बनाए पनि भारतका केही पूर्व खेलाडीले पद अस्वीकार गरेपछि द्रविडलाई प्रमुख प्रशिक्षक चयन गरिएको बताइएको छ।