विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिना विजयी

नेपालभ्युज

विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिना विजयी

एजेन्सी। कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलको छनोट खेलमा ब्राजिल र अर्जेन्टिनाले जित हात पारेका छन्। शुक्रबार बिहान भएको दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले उरुग्बेलाई ४–१ गोलले पराजित गरेको छ।

पहिलो हाफमा २ गोलको अग्रता हासिल गरेको ब्राजिलको जितमा राफिनाले २ गोल गरेका थिए भने नेइमार र ग्राबिलयले समान १–१ गोल गरेका थिए। नेइमारले १ गोल गर्नुका साथै २ गोलमा एसिस्ट गरे। उरुग्बेका लागि लुइस सुवारेजले सान्तवना गोल गरे। विश्वकप छनोट अन्तर्गत ब्राजिलले खेलको ११ खेलमध्य १० खेलमा जित हासिल गरेको छ।

अंक तालिकाको शिर्ष स्थानमा रहेको ब्राजिल विश्वकप सर्वाधिक विश्वकप जित्ने राष्ट्र हो। हालसम्म ब्राजिलले पाँच पटक विश्वकप जितेको छ।

यस्तै दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको अर्को खेलमा अर्जेन्टिनाले पेरुलाई १–० ले हराएको छ। अर्जेन्टिनाका लागि खेलको ४३ औँ मिनेटमा लाउरा मार्टिनेजले गरेका थिए।

विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाको यो ७ औँ जित हो। ब्राजिल समान ११ खेल खेलेको अर्जेन्टिना २५ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved