थपिए तीन सय ६५ कोरोना संक्रमित

नेपालभ्युज

काठमाडौं। नेपालमा थप तीन सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाँच हजार पाँच सय ९४ नमूना परीक्षण मध्ये तीन सय २६ जनामा पीसीआर र ३९ जनामा एन्टिजेन पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ११ हजार दुई सय ६१ पुगेको छ। २४ घण्टामा थप ६ सय नौ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख ७८ हजार तीन सय ५० पुगेको मन्त्रालयको तथ्यांक छ। मुलुकभर अझै १४ हजार दुई सय ६७ संक्रिय संक्रमित छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved