राष्ट्रपतिद्वारा दुर्घटनामा निधन भएकाप्रति शोक व्यक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मुगु लगायत मुलुकका विभिन्न भेगमा भएका सवारी दुर्घटनामा परेर निधन भएकाप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेकी छन्।

नेपालीले अकालमा ज्यान गुमाउँदा आफू मर्माहत भएको उनले बताएकी छन्। घर जाने र घुमघामका लागि यात्रा गर्नेक्रममा मुगु, सिन्धुपाल्चोक, अछाम, स्याङ्जा, डडेलधुरा , कास्की लगायत भेगमा भएको सवारी दुर्घटनाबारे राष्ट्रपति भण्डारीले दुःख व्यक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत घाइतेहरुको शीर्घ स्वास्थ्यलाभको कामना गर्दै चाडबाडका बेला हुने दुर्घटना रोकथामका लागि नियामक निकाय, सेवाप्रदायक र सेवाग्राहीलाई सर्तकता अपनाउन ध्यानाकर्षण गराएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved