मुगु बस दुर्घटनाः उपचारका क्रममा चार जनाको मृत्यु

निधन भएकामध्ये एक १२ वर्षका छन्, अन्य दुई क्रमश: २२ र २८/२९ वर्षका छन्।

नेपालभ्युज

मुगु बस दुर्घटनाः उपचारका क्रममा चार जनाको मृत्यु
सांकेतिक तस्वीर

बाँके। मुगु बस दुर्घटनामा उद्वार गरी हेलिकोप्टर र हवाइजहाजमार्फत उपचारका लागि नेपालगञ्ज ल्याइएका १६ मध्ये चार जनाको उपचारका क्रममा निधन भएको छ।

तीन जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा निधन भएको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार निधन भएका तीन जना मुगुका हुन्।

“निधन भएकामध्ये एक १२ वर्षका छन्, अन्य दुई क्रमश: २२ र २८/२९ वर्षका छन्”, अधिकारीले नेपालभ्यूजसँग भने, “अर्का एक जना २५/२६ वर्षका पुरुषको सनाखत हुन बाँकी छ।”

उपचारका लागि ११ जनालाई कोहलपुर र पाँच जनालाई नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएकोमा १२ जनाको उपचार जारी रहेको अधिकारीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved