गठबन्धन निर्वाचनसम्म नै कायम रहनुपर्छ : जसपा नेता राई

नेपालभ्युज

चितवन । जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक राईले सरकार निर्माण गर्दा बनेको गठबन्धन आगामी निर्वाचनसम्म नै कायम रहनुपर्ने बताएका छन्। मंगलबार चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै नेता राईले देश विकासको कामलाई गति दिन गठबन्धन कायम राख्नुपर्ने बताए।

उनले भने, “संविधानका जन्मदाता र संरक्षकबीच सहकार्य गरेर जानुपर्छ।” अहिलेको सरकार पूर्ण कार्यकालसम्म रहने बताउँदै उनले संसद्ले पनि आफ्नो कार्यकाल पूरा गर्ने बताए। गठबन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनु पर्ने उनको भनाइ थियो।

शेरबहादुर देउवाको नेतृत्वको सरकार संकटकालीन अवस्थामा निर्माण भएको बताउँदै नेता राईले सरकारले धेरै चुनौतीको सामना गर्नुपर्ने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved