डडेलधुरामा बस दुर्घटना : १६ जना घाइते

ब्रेक फेल भएर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

डडेलधुरामा बस दुर्घटना : १६ जना घाइते
अमरगढी नगरपालिका–१० राईबजार नजिकै मंगलबार बिहान दुर्घटना भएको बस।

डडेलधुरा। अमरगढी नगरपालिका–१० राई बजार नजिकै बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस ब्रेक फेल हुँदा ६ जना महिला, दुई बालबालिका र आठ जना पुरुष घाइते भएका हुन्।

ब्रेक फेल भएर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डडेलधुराका प्रमुख एवं प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। बसमा ५० देखि ६० यात्रु रहेकामा अन्यको अवस्था सामान्य रहेको उनले बताए। नेपालका अनुसार घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved