विश्वकप २०२२ का लागि छनाेट हुने पहिलो टिम बन्यो जर्मनी

नेपाल भ्युज

विश्वकप २०२२ का लागि छनाेट हुने पहिलो टिम बन्यो जर्मनी

काठमाडौं। २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि जर्मनी छनोट भएको छ।

विश्वकपको युरोपियन छनोट खेलमा ‘ग्रुप-जे’मा जर्मनीले नर्थ म्यासेडोनियलाई ४-० गोलले पराजित गर्दै जर्मनी विश्वकपमा छनोट हुने पहिलो टिम बन्न पुगेको होऽ

जर्मनीले ‘ग्रुप-जे’को आठ खेलमा ७ जित पछि २१ अंक जोडेको छ।

जर्मनीको जितमा वेर्नरले २ तथा हाभर्टज र जमल मुसियालाले १-१ गोल गरेका थिए। जर्मनीले छनोटको दुई खेल खेल्नु अगाडि नै विश्वकपमा ठाउँ पक्का गरिसकेको थियो।

फिफा विश्वकप २०२२ को नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा हुँदैछ। जसमा ३२ देश सहभागी हुन लागेकोमा आयोजकका रुपमा कतार सिधै विश्वकप खेल्न पाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved